Tyag
त्याग
मेराे अगाडि सधै खुशी देखिनु हुन्थ्याे,
समस्यालाई दबाएर,
आफू नअगाए पनि मेराे पेट भर्नु हुन्थ्याे,
अझै खानेकुरा बाकि छ भनेर ।
आफू बिरामी भए पनि केही नभाकाे नाटक गर्नु हुन्थ्याे,
मलाई खुशी बनाउनकाे निम्ति,
सधै हातमा ठेला उठाउनु हुन्थ्याे,
मेराे जीवन बनाउनकाे लागि ।
गाेजीमा एक पैसा नभए पनि,
मलाई मन पर्ने कुरा किन्दिनु हुन्थ्याे,
सहर भरि कादमा राखेर घुमाउनु हुन्थ्याे,
मनमा धेरै ऋिनकाे बाेज हुदा हुँदै पनि,
मेराे अगाडि खुशी देखिनु हुन्थ्याे ।
मेराे भविष्यकाे लागि सधै आफ्नाे ईच्छा आकांक्षा लाई मार्नु हुन्थ्याे,
कुनै पनि चार्ड पर्वमा मलाई नँया कपडा किनिदिनु हुदा,
तपाई भने पुरानाे कपडामा नै रमाउनु हुन्थ्याे ।
जस्ताे सुकै दुःखमा पनि सधै हाैसला दिनु हुन्थ्याे ।
आज सम्म बुवाकाे आँखामा आसुकाे थाेप्पा कहिले पनि देखिन,
शायत उहाले पनि परिवार कमजाेर पार्न चाहेन हाेला ।
उहाँ संग हिड्दा सन्सार जित्ने बल आउथ्याे,
उहाले तिमलाई जे मन पर्छ त्याे गर्नु पर्छ भन्नू हुन्थ्याे,
त्यसकाे लागि उहाले जति दुःख गर्नु परे पनि गर्नु हुन्थ्याे ।
उहाकाे ठेलाले भरिएकाे हात र
फुटेकाे खुट्टामा हेर्ने हिम्मत हुदैन थ्याे मेराे ।
जब उहाले दुःख गर्नु हुन्थ्याे,
मेराे पढाईकाे लागि कापी कलम जुट्थ्याे ।
जब उहाले मलाई भाेक छैन भन्नू हुन्थ्याे,
त्याे बेलामा मेराे पेट पर्थ्याे ।
बुवा जब जाडाेले काप्दै आगाे तापनु हुन्थ्याे,
त्याे बेलामा मेराे लागि न्यानाे कपडा जुटाउनु हुन्थ्याे ।
जीवन गुलाबकाे फुल जस्तै छ,
ओईलाउने बेलामा थाहा हुदैन ।
त्सैसैले समयमा नै सबैकाे कदर गर्नु पर्छ ।
मेराे बुवा पनि गुलाबकाे फुल झै
ओईलाई सक्नु भएकाे छ ।
उहाँ मसंग नभए पनि उहाकाे प्रेम,त्याग, र सम्झनाहरु
आज पनि मेराे ह्रिदयमा जिउदै छन् ।
उहाँ हराएर नगए सम्म मसंग धेरै झुट बाेल्नु भयाे,
मेराे भविष्यकाे लागि ।
उहाकाे आशीर्वादकाे कारणले नै म यहाँ छु,
र उहाको बलिदानले
म सफलताकाे शिखरमा उभिएकाे छु ।
Writer:Rabin T Tamang Official Poem
Comments
Post a Comment