Labarish
लाबारिस
म एक किसानकाे छाेरा थिए ।
तर म ऐले धेरै पिडामा छु
मैले के पाप गरेकाे थिए र
जुन ऐले मैले दुःख भाेग्दै छु
मेराे घरमा भखरै खुशिकाे माहाेल सुरु हुँदै थियाे
तर भगवान तिम्ले देख्न सकेनाै
जब म जिउदै थिए धेरै सङ्घर्ष गरे
आफू एक छाक खाएर पूरा सन्सारकाे पेट भरे
साएद ऐले त्यसैकाे पाप बाेक्दै छु
जुन खुशी साचेकाे थिए त्याे आशुमा भरियाे
ऐले हामी धेरै लासहरु संग लड्दै छाै
सबैकाे आफ्नाे मान्छे आएर लास लगिरहेका छन् धनिहरुकाे
हामीलाई त जाे आउछन् छेउमा फालि दिन्छन्
जिउदाे हुदा त हेपने समाजले म मरे पछि के वास्ता गर्थ्याे र
गरिब त पर्याै सबैकाे लास लगे तर मेराे लास छु ने काेहि भएन
गनाउदै आईसक्याे कुहिन आटिसक्याे तर छुने मान्छे भएन
हे भगवान मेराे फेरि जन्म हुन्छ भने धनिकाे घरमा नै पठाउनुस
नत्र फेरि लाबरिस हुने छु
ऐले लाबरिस छु गरिब भएकाे कारणले
त्यसैले थाके याे सन्सारबाट म हारे याे सन्सारकाे मान्छे बाट
मिल्छ भने भगवान याे सन्सारमा पाइला टेक्न नपराेस
लाबारिस लास.........
Writer : Rabin T Tamang Official Poem
लेखक: Rabin T Tamang
🎨 Artwork Title: लाबारिस
📌 Theme: Poverty, Death, Neglect, Social Injustice
🎯 Language: Nepali
Comments
Post a Comment