Kalpana

 कल्पना


धनेसकाे जोडिलाई देख्दा पाउँछु आफ्नाे कहानी


किन गर्छन् होला दुःख कष्ट पनि

सायद प्रेमको कारणले होला कि

म कोर्ने गर्छु तिम्राे चित्र पनि।


तिमीलाई गुमाउँछु कि भनी डर मानी,

किन हो आजभोली छुट्टै संसारमा डुल्दै छु नि,

तिम्रो यादमा होला कि।


भनिन्छ जति टाढा भयो माया गाढा भैन्छनी

यो कुरा झूटो पाे हो कि।


सपना त धेरै छन् पुरा गर्ने,

तर तिमीले छाड्यौ भनी पुरा नहुने पो हो कि।

म भन्दिन तिम्राे लागि जे पनि गर्न सक्छु नि।


तिमीले महँगो उपहार माग्दा मैले कहाँबाट दिने?

म भन्दिन तिम्राे लागि जुन पनि टिपनी

यी सबै त खमै मात्र त हो नि।


तिमी भन्छौ भने टिपिदिउला फूल पनि,

र सिउरिदिउला केसमा पनि।


खाइदिउला कसम पनि तिम्रो — छोड्दिन हात भनि।

तर यो त मेरो कल्पनाको संसार मात्र त हो नि...

कहिल्यै पूरा नहुने कल्पना...


writer : Rabin Tamang



Comments

Popular Posts